Back To Top

September 14, 2024

पाल्पाली ढाकाको ब्रान्डिङ गर्ने चन्द्रको चाहना

Global Ime Bank AD

पाल्पा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी अन्तरराष्ट्रिय बजारमा ब्राण्ङिग गर्न सकिने बताएका छन् ।
यस्ता उद्योगको आधुनिकीकरण र गुणस्तरमा सुधार गरे निर्यात पनि विस्तार हुन सक्ने उनले बताए ।

पाल्पा उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राखे ।

 

अध्यक्ष ढकालले भने, ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी

उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस, हामी के गर्न सक्छौँ गर्छौँ ।’

अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताए ।

उनले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताए

‘पाल्पाको रानीमहलसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ, उनले भने, यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’

 

Global Ime Bank
Prev Post

अधिक नियमनले विश्वास खस्कन सक्छः ढकाल

Next Post

हिमाल चढ्न ५२ देशका ३ सय २९ आरोही तयार

post-bars

Leave a Comment