Back To Top

August 29, 2025

खाने तेलको मुल्य बढेको बढ्यै

Global Ime Bank AD
Insourance

काठमाडौँ
विदेशबाट आयातितसहित नेपालमै उत्पादित तेलसमेत भारत निकासी हुन थालेपछि मुलुकभित्र खाने तेलको मुल्य वृद्धि हुन थालेको छ । पछिल्लो छ महिनामा मात्र प्रतिलिटर ४० रुपैयाँ सम्म महँगो बनेको तोरी तेलको भाउ दशैं तिहार नजिकिँदै गर्दा अझै बढ्ने देखिएको छ ।
नगत फागुनमा प्रतिलिटर ३७० रुपैयाँमा कारोबार हुने स्थानीय भुटेको तोरीको तेलको मूल्य अहिले प्रतिलिटर ४१० रुपैयाँ पुगेको छ भने बढी खपत हुने काँचो तोरीको तेल प्रतिलिटर ३१०बाट बढेर ३५० पुगेको छ । सुर्यमुखीको भनिने तेल २१०बाट बढेर २५०मा कारोबार भइरहेको छ ।

नेपाल खुद्रा ब्यापार संघका अनुसार प्रशोधन भएको तेल भारत निर्यात गर्ने हुँदा नेपालमा तेलको मूल्य बढ्दोक्रममा छ । चाडपर्व नजिकिएसँगै तेल लगायत खाद्यवस्तु महँगा बन्दै जाने हुन्छ ।

तेल उत्पादक उद्योगीले भने खानेतेल भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मुल्यवृद्धि भएका कारण थोरै बढेको बताउँदै आएका छन् ।

United long banner ad
Prev Post

हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन हुने

Next Post

१२ सयले बढ्दा सुनले काट्यो २ लाखको नेटो

post-bars

Leave a Comment