Back To Top

February 8, 2026

पर्यटन बोर्डले कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी गर्ने

Global Ime Bank AD
Insourance

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’  पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा फेब्रुअरी ६ देखि ८ (माघ २३ देखि २५) सम्म आयोजना हुनेछ ।

तीनदिने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने एनटीबीले जनाएको छ । एनटीबीका अनुसार प्रदर्शनीको उद्देश्य प्रतिभाशाली फोटोग्राफरहरूको सिर्जनात्मक दृष्टिकोणमार्फत नेपालका लुकेका पर्यटन गन्तव्यहरू उजागर गर्नु हो ।

यसले आगन्तुकहरूलाई नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको दृश्यात्मक अनुभव प्रदान गर्ने विश्वास बोर्डले लिएको छ । कोञ्ज्योसोम गाउँपालिका वडा नं. ५, भारदेउ र कोञ्ज्योसोम धार्मिक पर्यटन समितिको संयुक्त आयोजनामा प्रदर्शनी गर्न लागिएको हो ।

United long banner ad
Prev Post

आईसीसी टी–२० विश्वकप इंग्ल्यान्डसँग खेल्दै नेपाल

post-bars

Leave a Comment