Back To Top

August 26, 2025

केही भारतीय नोट नबोक्न राष्ट्र बैंकको निर्देशन

Global Ime Bank AD
Insourance

काठमाडौं । नेपाल राष्ट्र बैंक  विदेशी विनिमय व्यवस्थापन विभागले भारतीय रुपैयाँ दुईसय, पाँच सय र २ हजार दरका नोट समेत नेपाल भित्राउन, साथमा राख्न वा कारोबार गर्न निषेध गरिएको भन्दै साथमा नराख्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ पाँचसय र एकहजारका नोट नेपालमा कारोबारका लागि प्रयोग नगर्न आह्वान गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ दुईसय, पाँच सय र २ हजार दरका नोट समेत नेपाल भित्राउन, साथमा राख्न वा कारोबार गर्न निषेध गरिएको व्यवस्था रहेको छ ।

राष्ट्र बैंकले यसबारेमा सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ । एक नोटिस जारी गर्दै राष्ट्र बैंकले भनेको छ, “नेपालभित्र भारतीय रुपैयाँ २००, ५०० र २ हजारका नोट साथमा राख्ने, ओसारपसार गर्ने वा कारोबार गर्ने कार्य कानून विपरीत हुनेछ ।” साथै, नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ ल्याउन समेत प्रतिबन्ध कायम रहेको बैंकले स्पष्ट पारेको छ ।

त्यस्तै, नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबर अन्य विदेशी मुद्रा सहज रूपमा नेपालमा ल्याउन वा लैजानसक्ने व्यवस्थलाई स्पष्ट पारेको छ ।

यसमा भारतीय रुपैयाँ समेत समावेश हुने उल्लेख गरिएको छ । अर्थात, अमेरिकी डलर पाँच हजार बराबरको भारतीय रुपैयाँ भन्सार घोषणा नगरी ल्याउन सकिने व्यवस्था छ । तर यसभन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भने भन्सार कार्यालयमा खुलाउनैपर्ने र प्रमाणित गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

United long banner ad
Prev Post

इम्बोस्ड प्लेटको विरोधमा यातायात व्यवसायी पनि

Next Post

‘मुस्ताङगीलाई लाग्न थाल्यो नखाएको विष’

post-bars

Leave a Comment