Back To Top

December 14, 2024

पोल्टामा नगद थुपार्दै अर्थतन्त्र ठिकठाक देखाउने प्रयासमा राष्ट्र बैंक

Global Ime Bank

काठमाडौ ।
बजारमा लगानी व्यवसाय र उद्यमका लागि माग सृजना गर्न नसकेपछि केन्द्रिय बैंकले आफ्नै कोषमा पैसा थुपारेर बजारलाई नियन्त्रणमा राख्ने प्रयासलाई जारी राखेको छ ।

नया लगानीको वातावरण र अवसर सृजना गर्न नसक्दा पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जाको माग न्यून छ । अधिक तरतला व्यवस्थापन गर्न नेपाल राष्ट्रबैंकले आप्mनै कोषमा पैसा थुपार्ने नीति अख्तियार गरेको छ ।

यसकै परिणाम स्वरुप पछिल्लो पटक बुधबार अन्तरबैंक व्याजदर यो वर्षकै उच्च बनेको छ । अर्थात बैंक तथा वित्तीय संस्थाले एक अर्कासँग पैसा सापट लिँदा तिर्ने अन्तर बैंक कारोबारको ब्याजदर औषत ३.०४ पुगेको छ, जुन यो वर्ष यताकै उच्च हो ।

गत वर्ष देखि नै देखिएको उच्च तरलता र व्याजदर व्यवस्थापनका लागि भन्दै केन्द्रीय बैंक निरन्तर वित्तीय प्रणालीमा बाट पैसा खिच्दै पछिल्लो समयमा वित्तीय प्रणालीमा रहेको करिब साढे ३ खर्ब रुपैयाँ केन्द्रीय बैंक संग छ । वित्तीय प्रणालीको पैसा केन्द्रीय बैंकमा थुप्रिएसंगै अन्तर बैंक दर बढेको हो ।

“अधिक तरलतालाई व्यवस्थापनका लागि केन्द्रीय बैंक अल्पकालीन उपायमै अलमल गरेर व्याज दर काबुमा राख्न खोजेको छ, एक बैंकरले भने, “पैसा बजारमा जाने उपाय खोज्नुको साटो बजारबाट तानेर अर्थतन्त्रलाई सुस्क(ड्राई) बनाउने प्रयास भइरहेको छ ।”

यो वर्षको सुरुवात देखि नै ३ प्रतिशत भन्दा तल रहेको अन्तर बैंक दर मंसिर अन्तिममा आएर बढेको हो । यो अवधिमा अन्तर बैंक दर २.७ प्रतिशतसम्म झरेको केन्द्रीय बैंकले जनाएको छ ।गत वर्ष असोजदेखि घट्दै आएको ब्याज दरलाई आगामी पुसमा भने घट्न नदिने प्रयास स्वरुप राष्ट्र बैंकले अन्तरबैंक ब्याजलाई उचाल्ने रणनीति बनाएको हो ।

केन्द्रीय बैंकले मंसिर महिनामा मात्र ८ पटक गरेर ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । हाल केन्द्रीय बैङ्कसँग बैंक तथा वित्तीय संस्थाको ३ खर्ब ३६ अर्ब रुपैयाँ छ । त्यसमध्ये २ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ निक्षेप सङ्कलन उपकरण मार्फत खिचेको छ । त्यसैगरी ७७ अर्ब ६० कराड रुपैयाँ स्थायी निक्षेप मार्फत बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेका छन ।

 

Prev Post

हरित विकासका लागि नेपाललाई विश्व बैङ्कको १० करोड डलर

Next Post

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

post-bars

Leave a Comment