Back To Top

March 10, 2025

राज्यको ढुकुटीमा साढे २३ खर्ब विदेशी मुद्रा

Global Ime Bank AD
Insourance

काठमाडौं। एक वर्षमा मुलुकको कुल विदेशी मुद्रा सञ्चिती १६.१ प्रतिशतले बढेको छ। गत वर्षको माघ महिनासम्म २० खर्ब ४१ अर्ब १० करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति चालू वर्षको सोही अवधिमा २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्ती स्थितिको प्रतिवेदनअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघ मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपौयाँ रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ। २०८१ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१/८२ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

९ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स रकम ७ दशमलव३ प्रतिशत बढेको हो । माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।

United long banner ad
Prev Post

नबिल एसएसई फेलोसिपको आवेदन खुला

Next Post

औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल

post-bars

Leave a Comment