Back To Top

November 17, 2024

राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तान्ने

Global Ime Bank AD

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । यसमा आज दिउँसो २ बजे बोलकबोल हुने छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यस उपकरणको मंसिर २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Global Ime Bank
Prev Post

क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने

Next Post

टेलिकमको अवरुद्ध मोबाइल सेवा सुचारु

post-bars

Leave a Comment