Back To Top

May 14, 2025

महशुल विवादः पुनरावलोकनमा आउन उद्योगीलाई सूचना

Global Ime Bank AD

काठमाडौं:

नेपाल विद्युत् प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइनमार्फत विद्युत् प्रयोग गरेवापतको बक्यौता राखेका औद्योगिक ग्राहकलाई पुनरावलोकनमा आउन पुनःआह्वान गरेको छ । बैशाख २६ गते सूचना जारी पुनरावलोकनमा आउन आग्रह गरेको प्राधिकरणले पुन सूचना जारी गरेको हो ।

२०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गरेर महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जेठ मसान्तसम्ममा प्रशासकीय पुनरावेदन गर्न सक्ने समय दिएको हो ।

मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो समय दिइएको हो ।

बाँकी महसुलको ५ प्रतिशत रकम वा उक्त बराबरको एक वर्षको म्याद रहने ’क’ वर्गबाट जारी भएको बैंक ग्यारेन्टी धरौटी राखेर पुनरावेदनमा जान सकिने प्राधिकरणले उल्लेख गरेको छ ।

 

nea-1747137701.jpg
प्रकाशित
Global Ime Bank
Prev Post

नेपालको रेलसेवामा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह

Next Post

अधिकाँश वाणिज्य बैंकहरुमा पुरानै ब्याज दर

post-bars

Leave a Comment