हाइड्रोजन छाडेर ग्यासबाट मल कारखाना खोल्न आयल निगम सक्रिय

काठमाडौ ।
सुन्य कार्बन उत्सर्जनको दिगो लक्ष्यमा प्रतिवद्ध रहँदै स्वेदशमै उत्पादित जलविद्युत् र त्यसैबाट उत्पादन हुने हरित हाइड्रोजन खपत गरी नेपालमा रासायनिक मल कारखाना खोल्ने सरकारको सोच र योजनाको प्रतिकुल गरी नेपाल आयल निगम ग्याँसमा अधारित मल कारखानाको प्रस्ताव बोकेर भारत पुगेको छ ।
नेपालमा रासायनिक मल कारखाना सञ्चालनका लागि आवश्यक सहयोग गर्ने ठोस प्रस्ताव लिएर आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट नेतृत्वको पाँच जनाको टोली मँगलबार इन्डयन आयल कर्पोरेसन (आइओसी) दिल्ली गएका छ । टोलीले बुधबार दिउँसो आइओसीका अधिकारीसँग नेपालमा मल कारखानामा लगानी गर्ने विषयमा छलफल गर्दै छन् ।
आइओसीले विगतमा पनि रासायनिक मल कारखाना खोल्न चासो देखाइरहेकोमा नेपालमा रासायनिक मल कारखाना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विशेष चासो देखाएकापछि निगमका अधिकारी भारत गएका हुन् । भारतको गोरखपुरमा ८ वर्षदेखि रासायनिक मल उत्पादन गर्दै आएको आइओसीले करिव २ वर्ष पहिले नै नेपालमा पनि यस्तै कारखाना खोल्ने अनौपचारिक प्रस्ताव निगममा पठाएको थियो । त्यहि प्रस्तावलाई औपचारिक रुपमा छलफल गर्ने गरी भट्ट नेतृत्वको टोली भारत पुगको छ ।
भारत आफैले पनि वृहतस्तरको हाइड्रोजन प्लान्ट स्थापना गर्दै छ ।र यसमा प्रयोग हुने इलेक्ट्रोलाइजर उत्पादन गराउन निजी क्षेत्रलाई प्रवर्दन गर्दै आएको छ ।
तर नेपालमा आप्mनै जलविद्युत् प्रयोग गरेर हरित हाइडेजन उत्पादन गर्ने र त्यहि उत्पादनलाई रासायनिक मल कारखाना खोल्ने योजना सरकार आफैले पनि बनाएको छ । दुई वर्ष पहिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक अध्ययन गरी नेपालमा सरकारी तवरमै हाइड्रोजनमा आधारित मल कारखाना स्थापना गर्न सकिने उल्लेख थियो । त्यसबाहेक लगानी बोर्डको कार्यालयले गरेको एक अध्ययन अनुसार तत्कालका लागि प्रकृतिक ग्यास प्रयोग गरेर मलकारखाना खोल्दा सस्तो पर्ने भए पनि विद्युत्मा सहुलियत दिँदा हाइड हाइड्रोजनमा आधारित मल कारखाना निर्माण पनि उपयुक्त हुने औल्याइएको थियो ।
गत वैसाखमा सम्पन्न कोशी प्रदेशको लगानी सम्मेलनमा हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना निर्माणको परियोजना सो केसमा राखिएकामा प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्यमा सार्वजनिक निजी साझेदारीमा बनाउने गरी एक कम्पनीसँग समझदारी पनि गरिसकेको छ ।
यता लगानी बोर्डको कार्यालयले कोरियाली कम्पनी जि फिलोसलाई नेपालमा २० मेगावाट विद्युत् खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न विस्त्रित सम्भाव्यताको अध्ययन गर्दै छ । प्रधानमन्त्री केपी ओलीले गत २७ साउनमा रासायनिक मल अभावबारे कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीसहितका अधिकारी राखेर छलफल गरेका थिए । सो छलफलमा नेपालमै रासायनिक मल कारखाना खोल्ने अध्ययनको खाका ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
आयल नियमको यो प्रस्तावलाई नेपालका ऊर्जा उद्यमी तथा वातावरण विदहरुले विरोध जनाएका छन् । काठमाडौ विश्व विद्यालयका सह प्राध्यापक डा विराजसिँह थापा निगमको यो प्रयास वातावरणीय तथा आर्थिक हिसावले पनि प्रतिकुल हुने बताउँछन् ।
“नेपालले सन् २०४५ सम्ममा सुन्य कार्वन उत्सर्जनको प्रतिवद्धता जनाएको र मुलुकभित्रकै अपार स्रोत जलविद्युत्को उच्चतम खपत गर्ने दिर्गकालीन नीति तथा योजना हो,” थापाले भने “तर पाइपलाइनमार्पmत भारतबाट ग्यास ल्याएर मलकारखाना खोल्ने योजना मुलुकका लागि हितकर हुँदैन, हाइड्रोजन प्रयोग गरेर नै रासायनिक मल उत्पादन गर्ने योजनामा सवै लाग्नुपर्छ ।”
