Back To Top

January 11, 2026

आयल निगमको नाफा १३ अर्ब ६७ करोड

Global Ime Bank AD
Insourance

 काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उनले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासलाई दिए ।

निगमले गत आव ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएको डा. भट्टले बताए । निगमले १ खर्ब २४ अर्ब रुपैयाँ बराबरराजस्व योगदान गरेको छ ।

United long banner ad
Prev Post

ऊर्जाका प्राथमिकता प्राप्त योजनाका बजेट फुकुवा

Next Post

राहुघाट जलविद्युतको निर्माण तीब्र

post-bars

Leave a Comment