Back To Top

September 22, 2025

घटस्थापनादेखि २२ गतेसम्म रुट परमिट खुला

Global Ime Bank AD

काठमाडौँ। यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।

रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ ।

Global Ime Bank
Prev Post

बडा दसैँ प्रारम्भ आज घटस्थापना

Next Post

हितेन्द्रदेवको मासिक पारिश्रमिक करिव ३ लाख

post-bars

Leave a Comment