Back To Top

June 30, 2025

सुनचाँदीको मूल्य निर्धारण बन्द

Global Ime Bank AD

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न बन्द गरेको छ । सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि महासंघले बजार भाउ तोक्न बन्द गरेको हो ।

महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको थियो । आइतबारबाट बजार भाउ तोक्न छाडे पनि सबैतिरबाट फोन आएपछि आइतबारका लागि मूल्य तोकेको महासंघले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८२ को बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ भने हिरा र बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ । सो भ्याट खारेज गर्नुपर्ने मागसहित शुक्रबारदेखि व्यवसायीहरुले पसल बन्द गरी आन्दोलन गरिरहेका छन् ।

देशभरकै पसल बन्द भएपछि सुनचाँदीको कारोबार मूल्य निर्धारण नगर्ने निर्णय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतबार सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ८८ हजार ४०० रुपैयाँ भएको थियो । चाँदी तोलामा २५ रुपैयाँले घटेर २ हजार १४० रुपैयाँ भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रति औंस ३ हजार २८०.२५ डलर कायम भएको छ । चाँदी प्रतिऔंस ३६.१६ डलर रहेको छ ।

Global Ime Bank
Prev Post

घट्यो सिमेन्ट र डन्डीको भाउ

Next Post

‘अन्तरराष्ट्रिय वित्तीय प्रणालीमा सुधार आवश्यक’

post-bars

Leave a Comment