बाघ र वन धेरै भयोः प्रधानमन्त्री ओली

काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणका नाममा नेपालले अनावश्यक भार बोक्नु परिरहेको भन्दै यसलाई न्यायोचित र मुलुकको हित अनुकुल बनाउनु पर्ने धारणा राखेका छन् । बिहीबार कोप सम्मेलन समिक्षा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा रखेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा बाघ संरक्षणका नाममा मान्छेको ज्यान जोखीममा पर्न थालेको भन्दै जोखीम घटाउन बाघको संख्या घटाउनु पर्ने धारणा राखे । “मानव वस्तीमा कुकुर विरालो जस्तै बाघ आउन थाले, मान्छे खाने बाघ हामीले पालेर अरुले मयुर पाले पुग्ने,” उनले भने “यस्तो हुन्न । नेपालमा बाघ धेरै भए विदेशीलाई उपहार दिउ ।” प्रधानमन्त्री ओलीले अन्तरराष्टिय मापदण्ड अनुसार नेपालमा १५० को हाराहारीमा बाघ भए पुग्ने भन्दै बढी भएका बाघ घटाउनु आवश्यक रहेको औल्याए ।
उनले वन क्षेत्र समेत धरै भैसकेको उल्लेख गर्दै यो पनि अनावश्यक भार भएको उल्लेख गरे ।
कुल भुभागको ३० प्रतिशत वन क्षेत्र भए पुग्नेमा हामी ४७ पुगिसक्यौ, सबै जँगल बनाउने हो र उनले प्रश्न गरे । ओलीले जलवायु सम्मेलन जस्ता अन्तरष्ट्रिय फोरमहरुमा पूर्ण तयारीका साथ सहभागी हुने र सोही अनुसार उपलब्धी प्राप्त गर्नु पर्नेमा जोड दिए ।
मुलुकमा जजवायु परिवर्तनका जोखीमहरु बढदै गएको भन्दै जोखीम न्युनीकरण तथा मानवीय रक्षामा सर्वपक्षीय चासो र आवश्कता रहेको औल्याए ।