Back To Top

December 18, 2024

एनएमबि बैंक र यूएसएडको डिजिटल वित्तीय साक्षरता

Global Ime Bank AD
Insourance

काठमाडौं :

एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड) सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो ।

उक्त कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए । आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

United long banner ad
Prev Post

‘दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति’

Next Post

बैङ्कर्स संघमा नयाँ कार्यसमिति

post-bars

Leave a Comment