Back To Top

August 29, 2025

मुगुमा थपियो नयाँ राष्ट्रिय निकुञ्ज

Global Ime Bank AD
Insourance

काठमाडौं। सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ।

वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यसअघि विसं २०३२ सालमा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब ९ सय ६ वर्गकिलोमिटर भू–भागलाई छुट्याएर छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो।

स्थानीय बासिन्दाले कामको सिलसिलामा शे–फोक्सुण्डो निकुञ्ज आउजाउ गर्दा पैदलमार्गबाट एक साता समय खर्चिनुपर्ने समस्या समाधान गर्न मन्त्री शाहीले पहल गरेको जानकारी मन्त्री शाहीको सचिवालयले दिएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाले पनि सो भू–भागलाई छुट्याएर नयाँ निकुञ्ज बनाउन माग गर्दै आएको थियो। उक्त निकुञ्ज गाउँपालिकाको वडा नं. १ मा पर्नेछ।

यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या अब १३ पुगेको छ।

United long banner ad
Prev Post

भोटेकोसी–१ को मुख्य सुरुङ‘ब्रेक थ्रु’

Next Post

बैंकको सिएसआर अब गरिवी निवारणमा मात्रै

post-bars

Leave a Comment