उद्योगको लाईन नकाट्न नियमन आयेागकेा निर्देशन
काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाइ उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ ।
मंगलबार आयोगको बैठक बसेर प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयगले उद्योगीलाई मन्त्रिपरिषद्को निर्णय अनुसार पैसा बुझाउन भनेकेा छ भने मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले प्राविधिक समिति बनाएकाले तथ्य स्थापित नगरेसम्म काम कारबाही यथास्थितिमा राख्न पनि प्राधिकरणलाई भनिएकेा छ ।
प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयलाई देखाएर १५ दिनको समय दिएर उद्योगमा लाइन जोडेको थियो । उक्त समयावधि बुधबार सकिदैछ ।