नाइमाको अटो सोमा चार दर्जन कम्पनी सहभागी हुने

काठमाडौं । अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)ले गर्न लागेको नेपाल मोबिलिटी एक्स्पोको स्टल बुकिङ बन्द भएको औपचारिक घोषणा गरेको छ ।
यो अटो शो आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुनेछ । नाइमाका अनुसार ४४ स्टल उपलब्ध रहेकोमा ४८ वटा स्टलका लागि आवेदन दिएका थिए । त्यसैले सबै उद्योग सहभागीहरूलाई समेट्नका लागि अतिरिक्त स्टल स्थानहरू सिर्जना गर्नु परेको नाइमाले जनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने उनले बताइन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।
