Back To Top

May 21, 2025

नागढुङ्गा–नौबिसे सडक दिउँसो बन्द गरिने

Global Ime Bank AD
Insourance

काठमाडौं ।

यही जेठ १० गतेदेखि २५ गतेसम्म  नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि  दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।

नागढुंगादेखि नौबिसे सडकखण्डको मोड फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो।  यसअघि  रातिमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।

सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।  विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।

United long banner ad
Prev Post

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल

Next Post

मलेसियामा रोजगारदाता परिवर्तन गर्न पाइने

post-bars

Leave a Comment