Back To Top

Air
October 30, 2025

बंगाली मोन्थाले नेपालमा हिमपात र वर्षा

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेकाे बुलेटिनअनुसार आज राति देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ।

भोलि दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा समेत वर्षा हुने पूर्वानुमान छ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपात हुन सक्ने विभागले जनाएको छ।

मौसमी विश्लेषणअनुसार हाल देशमा पश्चिमी वायुको प्रभावका साथै अरव सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ। विभागले आगामी केही दिन पहाडी तथा हिमाली क्षेत्रमा यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

United long banner ad
Prev Post

नेपाल-भारत प्रशारणलाइन बनाउन संयुक्त कम्पनी बनाउने संझौता

Next Post

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

post-bars

Leave a Comment