Back To Top

July 11, 2025

सजग र लचिलो कार्यदिशा सहित मौद्रिक नीति सार्वजनिक

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचिलो कार्यदिशासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । समग्र माग वृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताए ।

गभर्नर पौडेलले सार्वजनिक गरेको पहिलो मौद्रिक नीतिमा सरकारको आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत पूरा गर्न विदेशी विनियम सञ्चिति पर्याप्तता ७ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेगरी कायम राख्दै मुद्रास्फीति ५ प्रतिशत राख्ने लक्ष्य छ ।

नेपाल राष्ट्र बैंकले बैंक दर, निक्षेप दर घटाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक सार्वजनिक गर्दैै बैंक दर, निक्षेप दर घटाउने जनाएको छ ।

बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाईएको छ । यस्तै निक्षेप ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाईएको छ ।

त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ ।

अधिक तरलताले ब्याजदर घटाएको सहज परिस्थितिमा मौद्रिक नीतिको कार्यदिशा लचिलो अवलम्बन गरिएको गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बताए ।

राष्ट्र बैंकले पहिलो घर किन्दा ३ करोड रुपैयाँसम्म ऋण पाउने व्यवस्था ल्याएको छ। यसअघि २ करोड रुपैयासम्म मात्र ऋण लिन पाउने व्यवस्था गरेको थियो।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ८० प्रतिशतसम्म ऋण लिन पाउने नीति ल्याएका हुन्। यस्तै अन्य घर तथा जग्गाका लागि ७० प्रतिशतसम्म ऋण पाउने नीति ल्याएको छ।

United long banner ad
Prev Post

मुलुकको अर्थतन्त्र ६१ खर्बको

Next Post

मौद्रिक नीतिको कार्यदिशा सकारात्मक: ज्ञवाली

post-bars

Leave a Comment