मिसन ग्रिन हाइड्रोजनमा दत्तचित्त भारत

काठमाडौ ।
भारतले सन् २०३० सम्ममा हरित हाइड्रोजन उत्पादन र प्रयोगमा विश्वमै अग्रणी स्थानमा रहने गरी आफ्ना कार्ययोजना तथा लक्षहरु सार्वजनिक गरको छ ।
अग्रस्थानमा रहने कार्ययोजना सार्वजनिक गरेको छ । भारतका नवीकरणीय उर्जा मन्त्री प्रल्हाद जोशीले भारतले हरित हाइड्रोजन उत्पादन र प्रयोगमा विश्व नेतृत्वकर्ता बन्न अहिले देखि नै प्रयास थालिएको बताएका छन् ।
यहि योजनाअनुसार भारतल १ खर्ब ९७ अर्ब ४४ करोड भारतीय रुपैयाँ को बजेट विनियोजन गरेको छ । भारतले हरित हाइड्रोजन मिशनमार्पmत हाइड्रोजन उत्पादन, भण्डारण र विभिन्न क्षेत्रमा यसको प्रयोगलाई बढावा दिँदैछ । मन्त्री जोसीका अनुसार भारतले ४ लाख १२ हजार टन प्रतिवर्ष हरित हाइड्रोजन उत्पादन गर्ने ध्येय राखेको छ । यो सँगै उसले पानी खण्डीकरणका लागि आवश्यक पर्ने इलेक्ट्रोलाईजर पनि ३ गिगावाटको उत्पादन क्षमता स्वीकृत गरिसकेको छ । जोसीले यातायात, शिपिंग, इस्पात र भण्डारण क्षेत्रमा ७ वटा पाइलट परियोजना सुरु समेत गरिसकेको बताएका छन् । साथै, सुरक्षा र विस्तारका लागि ८८ वटा मानकहरू पनि जारी गरिएको छ ।
भारतले यसै महिनामात्रै नयाँ दिल्लीमा हाइड्रोजनबाट चल्ने ट्रकको परीक्षण पनि गरिसेको छ । मन्त्री जोसीका अनुसार भारत २०३० सम्म को लक्ष्यहरू पनि निश्चित गरेर अग्रसर भएको छ । मिसन ग्रिन हाइड्रोजन अनुसार भारतमा सन् २०३० सम्ममा वार्षिक ५० लाख मेट्रिक टन हरित हाइड्रोजन उत्पादन हुने छ । त्यस्तै ६०–१०० गिगावाट इलेक्ट्रोलाइजर क्षमता स्थापना गरिने छ । १२५ गिगावाट नविकरणीय ऊर्जा यहि हरित हाइड्रोजन उत्पादनका लागि खपत हुनेछ ।
यसले ५० लाख मेट्रिक टन कार्बन उत्सर्जन घटाउने र १ लाख करोड रुपैयाँ आयात बचत गर्ने औल्याइएको छ । यो क्षेत्रमा ८ लाख करोड रुपैयाँ को लगानी आकर्षित गर्ने अपेक्षा भारतको छ ।
हाइड्रोजन ट्रक परीक्षण: ऊर्जा स्वावलम्बनको नयाँ चरण
भारतले यसै महिनाको पहिलो साता हाइड्रोजन ट्रक पनि परिक्षण गरिसकेको छ । मन्त्री जोशीले हाइड्रोजन ट्रक परीक्षणलाई भारतको यातायात क्षेत्रमा ऐतिहासिक कदम भएको बताएका छन् । उनले भारत तेस्रो ठूलो तेल उपभोक्ता र चौथो ठूलो क्रूड तेल आयातकर्ता भएकोले यसले पेट्रोलियममा निर्भरता घटाउने बताए। पहिलो चरणमा ३ वटा हाइड्रोजन ट्रक फरीदाबाद, दिल्ली, एनसीआर र अहमदाबाद सूरत, वडोदरा मार्गमा संचालन गरिँदैछ । यसका लागि इन्डियन अयल कर्पोरेसनले ले फरीदाबाद, वडोदरा, पुणे र बालासोरमा हाइड्रोजन रिफ्यूलिंग स्टेशनहरू स्थापनाको काम गरिरहेको छ ।