Back To Top

March 11, 2026

एलपी ग्यासको आपूर्तिमा समस्या

Global Ime Bank AD
Insourance

काठमाडौँ ।  खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा समस्या देखिन थालेको छ । ग्यासको अभाव सिर्जना हुँदै जादाँ कालोबजारी समेत बढ्दै गएको छ ।

इजरायलले इरानसहित खाडी मुलुकको इन्धन भण्डारमा गरेको हमलाका कारण अन्तराष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुँदा यसको असर नेपालमा पनि देखिन थालेको हो ।

यता, नेपाल आयाल निगमले घरायसी प्रयोजनका लागि खपत हुने ग्यासलाई पहिलो प्राथमिकतामा राखेर वितरण प्रणाली सुदृढ गरिएको दाबी गरेपनि बजारमा भने त्यस्तो अवस्था देखिन सकेको छैन, व्यवसायीहरूले ग्यास लुकाउने, बढी मूल्य लिने गरेका कारण उपभोक्ताहरू ग्यास अभावको सामना गरिरहेका छन् ।

निगमका अनुसार भारतलको इण्डियस आयल कर्पोरेशन (आईओसी) ले नेपालले मासिक रुपमा पाउने कोटाअनुसार नै ग्यास उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

तर, नेपालमा व्यवसायीहरू तथा खुद्रा व्यापारीहरूले भने ग्यास लुकाउने, आवश्यक भन्दा बढी मूल्न लिने गरेका छन् , नियमीत रुपमा ग्यास किन्ने गरेको पससले नै आफ्ना ग्राहकलाई रित्तो हात फर्काएका छन् ।

निगमले तोकेअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९१० रुपैयाँ भएपनि बजारमा भने उपभोक्ताले त्यसभन्दा बढी मूल्य तिर्न बाध्य भएका छन् । केही ग्यास व्यापारी तथा पसलेहरूले प्रतिसिलिण्डर २३०० रुपैयाँसम्म लिने गरेको ललितपुरवासी रविना धितालले बताईन् ।

‘ग्यासको अभाव हुन्छ भन्ने सुनेपछि म खालि सिलिण्डर लिएर पसल पुगेकी थिएँ । म सधै खाद्यान्नदेखि अन्य समान पनि त्यही पसलबाट किन्ने गर्छु । अरुबेला १९१० पर्ने ग्यास सिलिण्डर अहिले ग्यास छैन भनेर बहाना बनाउँदै २३०० रुपैयाँ लिए । भोलीका दिनमा अझ मूल्य बढ्ला वा ग्यास नै नपाइएला भन्ने डरले मैले पनि २३०० नै तिरेर लिएँ’ उनले भनिन् ।

साथै, अहिले ग्यास अभाव देखाउँदै सिलिण्डर साट्न लगाई ठग्ने काम पनि भइरहेको छ । एलपी ग्यासका धेरै प्रकारका सिलिण्डरहरू बजारमा रहेका छन् । सिलिण्डर साट्दा ५०० देखि एक हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

यसैबीच, बजारमा ग्यास अभाव र महंगो मूल्यमा बिक्री भइरहेको विषयमा ग्यास बिक्रेता महासंघ नेपालको पनि ध्यानाकर्षण भएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै ग्यासको अभाव र केही स्थानमा बिक्रेताले अनियमीत मूल्य लिएर उपभोक्तालाई ग्यास बिक्री गरेको भन्नेप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

महासंघका अनुसार अन्तराष्ट्रिय परिस्थितिका कारण बजारमा ग्यास आपूर्तिबारे उपभोक्तामा चिन्ता देखिनु स्वाभाविक भएपनि सकारले तोकेको मूल्यभन्दा बढी लिएर ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध हो । यस्तो कार्यमा संलग्न जो–कोहीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरिएको महासंघले जनाएको छ ।

साँथै, महासंघले देशभरका ग्यास बिक्रेतालाई सरकारले तोकेको मूल्यभन्दा बढी नलिन आग्रह गरेको छ ।

United long banner ad
Prev Post

वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ऋण

Next Post

रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक

post-bars

Leave a Comment