Back To Top

Air
April 8, 2025

आज छिटपुट वर्षा र प्रदुषणमा सुधारको अपेक्षा

Global Ime Bank AD
Insourance

काठमाडौँ:

आज (मंगलबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशसहित कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना देखिएको हो।

यस क्रममा काठमाडौँ उपत्यकामा पनि छिटपुट, हल्का वर्षा हुने सम्भावना छ। करिव एक सातादेखि काठमाडौ उपत्यकाको उच्च तहको वायु प्रदुषणमा सुधारका लागि वर्षा अत्यावश्यक बनेको छ । आज विहान उपत्यकामा बादल पनि लागेको छ ।

मंगलबार काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ ।

United long banner ad
Prev Post

मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी

Next Post

‘नेपाल इभीको डम्पिङसाइट बन्ने खतरा’

post-bars

Leave a Comment