Back To Top

November 7, 2025

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

Global Ime Bank AD
Insourance

वनेपा ।

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  मुद्रण प्रेसबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षा मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेशिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाईको सुरुवात गरेका हुन् ।

सञ्चारमन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाईको काम सुरु गरिएको बताए । उनले बर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ गरिएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने, मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर थियो । धुलो टकटक्याएर छपाइको काम थालेका हौँ ।”
केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भएपनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन । २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाई सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने सोच छ ।”

लाईसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधै विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाई सुरु गरिएको जानकारी दिए ।

उनले नीतिगत समस्या, वेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाईसेन्स छपाई सुरु गरिएको बताए । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरु गरिएको जानकारी दिए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँचसय र यसको मात्रा बढाउदै लगिने केन्द्रले जनाएको छ ।

निर्माणाधीन भवनबाट कागजी छपाईको काम अबको छ महिना भित्र सुरु गरिनेछ । कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिषा स्टिकर छपाई गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।

United long banner ad
Prev Post

बैंकहरुको नाफा १८.७७ प्रतिशतले घट्यो

Next Post

हितेन्द्रदेवले पाएनन् अन्तरिम आदेश

post-bars

Leave a Comment