Back To Top

November 12, 2024

कुलमान घिसिङलाई अर्को स्पस्टीकरण

Global Ime Bank

काठमाडौं ।
अघिल्लो पटक जानकारी मागेकोमा नबुझाएपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले अर्को स्पस्टीकरण पनि सोधेका छन् ।

कात्तिक १३ गते एक साताभित्र बुझाउने गरी ऊर्जा सचिव सुरेश अधिकारीले घिसिङलाई स्पष्टीकरण सोधेको सार्वजनिक भएको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा पछिल्लो तीन महिनामा गरेको कामको विवरणसहितको ६ बुँदे स्पष्टीकरण मागिएको छ ।

बिदाबाहेक सातदिनभित्र उक्त स्पष्टीकरण घिसिङले मन्त्रालयलाई बुझाउनुपर्ने भनिएको छ जसको अन्तिम दिन आज मँगलबार हो ।

ऊर्जा मन्त्री दीपक खड्का उद्योगहरुमा लाइन नकाटी डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने भन्दै आएका थिए । तर प्राधिकरणलाई लिखित निर्देशन दिन नसकेपछि उनको प्रयास सफल हुन सकेन र प्राधिकरणले पूर्व निर्धारित सूचना अनुसार ३४ उद्योगको लाइन काटेको थियो । अहिलेपनि २८ उद्योगको लाइन काटिएको अवस्थामा छ ।
त्यसअगि सोधिएको १५ बुँदे जानकारी मागपत्रमा ऊर्जा मन्त्रालयले प्रबन्ध निर्देशक घिसिङलाई विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण समेत मागेको छ ।
विद्युत प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फछ्र्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको थियो ।

विगत ४ वर्षदेखि प्रबन्ध निर्देशकबाट भएका बोलपत्र स्वीकृत, विभाग निर्देशनालयबाट भएका खरिद स्वीकृतिको समेत विवरण मागिएको छ । यसको जवाफ प्राधिकरणले भने पठाएका छैनन् ।

यसैबीचमा आइतबारको मन्त्रीपरिष्द बैठकले उद्योगमा २४ घण्टाभित्र बिजुली जोड्ने प्रबन्ध मिलाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

Prev Post

विकास र लगानी रोक्दा समृद्धिमा अवरोधः ढकाल

Next Post

उद्योगहरुमा काटिएको विद्युत् जोड्ने निर्णय

post-bars

Leave a Comment