Back To Top

May 8, 2025

कुलेखानीको २७ मेगावाट विद्युत् उत्पादन अवरुद्ध

Global Ime Bank AD

काठमाडौ ।
मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको तेस्रो युनिट एकसातादेखि पुर्ण क्षमतामा चल्न पाएको छैन ।

भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा जेनेरेटरको प्लेटमा खराबी आएपछि गत मंगलबारदेखि मर्मत भइरहेको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख प्रसन्नमणि ताम्राकारका अनुसार आइसोलेसन प्लेटमा समस्या आएको र त्यो मर्मत जारी रहेको छ ।

टर्बाइन र जेनेरेटरको मर्मतका लागि चिनियाँ प्राविधिकले काम गरिरहेका छन् ।मर्मतको काम यो साता अझै नसकिने भएको छ । आइतबारसम्म मर्मत सम्पन्न हुने अपेक्षा प्राविधिकको छ । कुलेखानीको तीन वटै केन्द्र गरी १०६ मेगावाटको रहेको छ । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रो केन्द्र १४ मेगावाट क्षमताको छ । अहिले तेस्रोबाट करिव ७ मेगावाटमात्रै उत्पादन हुन सक्छ ।क्यास्केड आयोजनाका रुपमा रहेको तेस्रो मर्मत गर्न लागिएकाले पहिलो प्लान्टबाट पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिएको छैन । कुलेखानी प्रथमबाट करिब ४० मेगावाट उत्पादन भइरहेको छ भने दोस्रो पूर्ण क्षमतामा चल्न सक्छ ।

विद्युत् आपूर्ति सन्तुलन मिलाउन खास गरी पिक लोड व्यवस्थापन गर्न यो आयोजनाको भूमिका महत्वपूर्ण रहँदै आएको छ । कुलेखानी आयोजनाबाट विद्युत् अधिक माग भएको समयमा विद्युत् उत्पादन हुँदै आएको छ । कुलेखानी तेस्रोमा सात/सात मेगावाट क्षमताका दुई वटा युनिट छन् ।

 

Global Ime Bank
Prev Post

सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी

Next Post

जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य

post-bars

Leave a Comment