Back To Top

April 22, 2025

प्रसारण लाइन उद्घाटन गर्न भारतीय मन्त्रीद्वारा अस्वीकार

Global Ime Bank AD

काठमाडौ ।

भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरले कोशी कोरिडर २२० केभी प्रसारण लाइन) को उद्घाटन गर्न अश्वीकार गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयले सो कार्यक्रममको कार्यसूचि तय गरेपनि भारतीय पक्षले यसलाई अस्वीकार गरेको जनाइएको छ ।

आज मंगलबार साढे २ बजे उद्घाटन गरिने तय भएको थियो । तर भारतीय पक्षले उक्त कार्यका लागि पूर्व जनाकारी नदिइएको भन्दै उद्घाटन गर्न अश्वीकार गरेको हो । मन्त्री खट्टरको कार्यसूचि मा यो कार्यक्रम समावेश थिएन ।

भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रो र उसले नेपाल सरकारबाट प्राप्त गरेका तल्लो अरुण, माथिल्लो अरुण लगायत अरुण कोरिडरको निरीक्षण गर्न आएका भारतीय विद्युत् मन्त्री खट्टरले आफ्नो भ्रमणको सूचीमा कोशी कोरिडर उद्घाटन नै नरहेको अवस्थामामा उद्घाटन गराउन खोजिएको भन्दै अस्वीकार गरेको नेपाल विद्युत् प्राधिकरण स्रोतले बतायो ।

मन्त्री खट्टरले अरुण तेस्रोको निरीक्षण पश्चात तुम्लिङटारस्थित उक्त कोरिडरको सवस्टेशन नेपालका ऊर्जा मन्त्री दीपक खड्कासहित संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम मन्त्रालयले राखेको थियो ।प्राधिकरणले उद्घाटनका लागि आवश्यक तयारी पूरा गरिसकेको थियो ।

अनुमानित ११ करोड २० लाख अमेरिकी डलर लागतमा सो प्रसारण लाइन  नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको थियो ।

Global Ime Bank
Prev Post

ट्रम्पको धम्कीले सर्लक्कै बढ्यो सुनको भाउ

Next Post

दुई अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच सम्झौता

post-bars

Leave a Comment