Back To Top

June 8, 2025

कान्ती लोकपथमा यातायात सुचारु

Global Ime Bank AD
Insourance

काठमाडौँ  ।

बागमती नदीमा बेलिब्रिज जडान गरिएपछि कान्ती लोकपथमा सहज रूपमा गाडी चल्न थालेका छन्।

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कान्ति लोकपथस्थित बागमती खोलामा बेलिब्रज जडान गरिएपछि आइतबार बिहानबाट गाडी चल्न थालेका हुन्।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीमाथि बेलिब्रिज निर्माण गरेर सवारी आवागमनलाई सहज बनाइएको हो।

 

गएको असोज दोस्रो साता परेको अविरल बर्षाका कारण बागमतीमा ठूलो बाढी आउँदा यहाँको पक्की पुल बगेको थियो। त्यसपछि डाइभर्सन बनाएर सवारी साधन सञ्चानल गरिएको थियो।

तर, सानो बाढीले पनि सडक अवरुद्ध हुन थालेपछि यहाँ बेलिब्रिज निर्माण गरिएको हो। जडान गरिएको बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ।

बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग कान्ति लोकपथ विगत केही सातायता पटकपटक अवरुद्ध हुँदै आएको थियो।
United long banner ad
Prev Post

माथिल्लो म्याग्दी–१ को सुरुङ निर्माण सुरु

Next Post

टेक एण्ड पेमा अडिग भए अर्थमन्त्री

post-bars

Leave a Comment