Back To Top

August 12, 2025

जगदुल्ला जलविद्युत् बनाउन ठेक्का संझौता

Global Ime Bank AD

काठमाडौ ।

जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको विवादका कारण तोकिएको भन्दा एक वर्ष ढिला गरी आयोजनाको प्रवर्धक कम्पनी र निर्माण व्यवसायीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

कुल १०६ मेगावाट क्षमताको आयोजनाका लागि निर्माण व्यवसायीसँग सम्झौता भएलगत्तै मार्ग प्रशस्त भएको प्रवर्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए । जगदुल्ला हाइड्रोपावर र जेसीई/एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको भएको छ ।

प्रवर्धक कम्पनी र जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड बराबरको निर्माण सम्झौता भएको छ । प्रवर्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरे पनि कुनै कम्पनी छनोट हुन सकेको थिएन ।

दोस्रो पटकको सूचनामा दुई कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीई/एएनके जेभी योग्य भएको हो । यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो ।

आयोजनामा नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार नबिल बैंकले चार अर्ब ४० करोड लगानी गर्ने भएको छ । यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेस्ट बैंकले लगानी गर्नेछन् । आयोजनामा एचआईडीसीएल र कर्मचारी सञ्चय कोषले समान चार-चार अर्ब लगानी गर्नेछन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेस्ट बैंकले एक अर्ब ५० करोड बराबर लगानी गर्नेछ ।

आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब ऋण र सात अर्ब भने स्वपुँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए । निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनासमेत निर्माण गर्न लागेको छ ।

नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला ‘नेपालको पानी जनताको लगानी’ भन्ने मूल नाराका साथ स्थापना भएको हो । आयोजना स्थल  नेपालगन्जबाट २३८ किलोमिटर टाढा छ ।

Global Ime Bank
Prev Post

नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि,

Next Post

ग्लोबल आइएमइले १४.११ प्रतिशत लाभांश बाँड्न सक्ने

post-bars

Leave a Comment