Back To Top

October 6, 2024

विद्युत् निर्यात संझौताको इप्पान द्वारा स्वागत

Global Ime Bank AD

काठमाडौ ।
नेपाल र बंगलादेशबीच हालै सम्पन्न विद्युत विक्री सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले स्वागत गरेको छ ।
भारतीय प्रशरणलाइन प्रयोग गरी बँगलादेशमा ४० मेगावाट विद्युत् आपूर्ति गर्ने संझौताले नेपालको बिजुलीको बजार बंगलादेशका लागि खुलेको मात्र नभई दुई देशबीच सरकार–सरकारसँगसँगै निजी–निजी क्षेत्रबीचमा ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि बाटो खुलेको इप्पानको ठहर छ ।

बंगलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको छ भने नेपाल सरकारले आगामी १० बर्षभित्र ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ ।

इप्पानले एक विज्ञप्ती जारी गर्दै भनेको छ, “यस्तो लक्ष्यलाई कार्यान्वयन गर्नका लागि नेपालको निजी क्षेत्र सधै तयार रहेको पनि जानकारी गराउन चाहान्छौ ।” यो लक्ष्यलाई कार्यान्वयन गर्न सकेमा यसले नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि उल्लेखनीय योगदान पुर्याउने अपेक्षा इप्पानको छ

यही असोज १७ गते ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत रेनु नारङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमबीच काठमाडौ संझौता भएको थियो ।

इप्पानले यो सम्झौतासँगै अब नेपाल विद्युत प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) को पूर्ण रुपमा खुल्ला गर्नुपर्ने माग गरेको छ ।

यसका साथै निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने, बैक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार तत्पर हुनुपर्ने माग इपानले राखेको छ ।

Global Ime Bank
Prev Post

सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ

Next Post

उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग

post-bars

Leave a Comment