Back To Top

September 25, 2024

लगानी विस्तारले रोजगारी सुरक्षा गर्छः ढकाल

Global Ime Bank AD
Insourance

काठमाडौः
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूत हुने बताएका छन् ।

मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने बताए ।

साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अगाडि बढन नसक्ने पनि उनले बताए । साना उद्यमीको अधिकारको बिषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

यसैगरि अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक विकास र मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको बताए ।

ढकालले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानुनहरू परिमार्जन गरेको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिदैं लगानीको वातावरण निरन्तर सुधार भैरहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरे ।

 

United long banner ad
Prev Post

 ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड

Next Post

अधिकाँश स्थानमा आज बादल लाग्ने

post-bars

Leave a Comment