Back To Top

April 13, 2026

मुद्दती निक्षेपमा ब्याजदर थप घट्दै

Global Ime Bank AD
Insourance

काठमाडौं : व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूको ब्याजदर थप घट्दै गएको छ। २०८३ वैशाख महिनाका लागि बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १९ वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ।

यसअघि चैत महिनामा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंक ले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका थिए। तर वैशाखका लागि हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याजदर घटाएपछि १९ बैंकको दर ५ प्रतिशतभन्दा तल झरेको हो। एनएमबि बैंक ले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएको छ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकहरूको अधिकतम ब्याजदरको औसत ०.०९४ प्रतिशत बिन्दुले घटेको छ। चैतमा ४.४९४ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा घटेर ४.४ प्रतिशतमा झरेको छ।

वैशाखका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक ले ब्याजदर घटाएका छन्।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर घटेको छ। चैत महिनामा ३.२९२५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर वैशाखमा घटेर ३.२२९५ प्रतिशतमा झरेको छ, जुन ०.०६३ प्रतिशत बिन्दुको गिरावट हो।

बैंकिङ क्षेत्रमा अधिक तरलता, कर्जा मागमा कमी र ब्याजदर घटाउने नीतिका कारण निक्षेपको ब्याजदरमा लगातार दबाब परेको विश्लेषण गरिएको छ।

 

वाणिज्य बैंकहरूको ब्याजदर (चैत २०८२ vs वैशाख २०८३)

क्र.सं. बैंकको नाम चैत (व्यक्तिगत) चैत (संस्थागत) वैशाख (व्यक्तिगत) वैशाख (संस्थागत) फरक (व्यक्तिगत) फरक (संस्थागत)
1 सिद्धार्थ बैंक ४.२५ ३.५ ५.०० ३.२५ -०.२५ -०.२५
2 एभरेष्ट बैंक ४.२५ ३.५ ४.०५ ३.५ -०.२०
3 कुमारी बैंक ४.१२ ३.५ ४.०५ ३.५ -०.०७
4 स्ट्यान्डर्ड चार्टर्ड ४.१ २.२७ ४.१० २.७५ -०.०१
5 सिटिजन्स बैंक ४.५ ३.१५ -०.३५
6 प्राइम कमर्सियल ४.१५ २.२७ ४.१५ २.७५
7 कृषि विकास बैंक ४.१५ २.७५ ४.१५ २.७८ +०.०३
8 नेपाल SBI बैंक ४.२५ २.७५ ४.२५ २.७५
9 हिमालयन बैंक ४.५ ३.७५ -०.५० -०.२५
10 नेपाल बैंक ४.५ ४.५
11 ग्लोबल IME बैंक ४.५ ४.५
12 माछापुच्छ्रे बैंक ४.५ ४.५ ०0
13 लक्ष्मी सनराइज ४.५ ४.२५ ४.५ ३.२५
14 सानिमा बैंक ४.५ ३.३ ४.५ ३.३
15 नेपाल इन्भेष्टमेन्ट मेगा ४.५ ३.५ ४.५ ३.५
16 प्रभु बैंक ४.५५ २.७५ ४.५५ २.७५
17 नबिल बैंक ४.५५ ३.५५ ४.५५ ३.०१ -०.५४
18 एनआईसी एशिया ४.७५ ३.७५ -०.२५ -०.२५
19 राष्ट्रिय वाणिज्य बैंक ४.७५ -०.२५
20 एनएमबि बैंक
United long banner ad
Prev Post

अमेरिका-इरान वार्तामा जुटेन सहमति

post-bars

Leave a Comment