Back To Top

November 19, 2024

विमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी

Global Ime Bank

काठमाडौं ।

असोज १०, ११ र १२ गते परेको अविरल बर्षा र त्यसले निम्त्याएको बाढी पहिरोका कारण पुगेको क्षति वापत विमा कम्पनीहरुमा हालसमम ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँको दाबी परेको नेपाल विमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको कात्तिक २८ गतेसम्म विवरण अनुसार हालसम्म ३ हजार ४१८ वटा दावी परेको छ । दावी पर्ने क्रम अझै पनि जारी छ ।

बाढीका कारण करिव ४७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान अनुसार विमा अझै ठूलो हिस्साको विमा दाबी पर्न बाँकी नै छ ।

प्राप्त दावीमा बीमा कम्पनीहरुले अग्रिम आंशिक भुक्तानीका रुपमा १६ कम्पनीले ९०२ वटा दावीमा ६१ करोड सात लाख ९३ हजार रुपैयाँ भुक्तान गरिसकेको जनाइएको छ । त्यसमा शिखर इन्स्योरेन्सले मात्रै ३६५ वटा दावी आवेदनमा २६ करोड छ लाख ११ हजार रुपियाँ बराबरको अग्रिम भुक्तानी गरेको छ ।
हालसम्म सिद्धार्थ प्रिमियरले नौ करोड ३७ लाख, दि ओरियन्टलले ३५ लाख ८१ हजार, नेकोले ६ करोड ९० लाख ५५ हजार, हिमालयन एभरेष्टले चार करोड ६१ लाख , सगरमाथा लुम्बिनीले पाँच करोड ८२ लाख र नेशनलले २२ लाख ५३ हजार रुपियाँ बराबरको अग्रिम भुक्तानी दिएका छन् ।

यसैगरि आईजीआई प्रुडेन्सियलले तीन करोड नौ लाख एनएलजीले पाँच लाख, नेपालले एक करोड आठ लाख, भुक्तान गरेका छन् ।
सानिमा जिआईसीले दुई ५८ लाख ३३ हजार, युनाइटेड अजोडले ३४ लाख २३ हजार र प्रभुले ५३ लाख ३७ हजार रुपियाँ बराबरको अग्रिम दावी भुक्तानी दिएका छन् । यस्तै, स्टार माइक्रोले २६ हजार, प्रोटेक्टीभ माईक्रोले ५६ हजार र नेपाल माइक्राले २५ हजार रुपियाँ अग्रिम दावी भुक्तानी दिएका छन् ।

यो कम्पनीले दिएको आंशिक अग्रिम दावी भुक्तानी मात्रै हो । पूर्ण तथा अन्तिम दावी भुक्तानी भने सर्भेयरको अन्तिम प्रतिवेदन आएपछि मात्रै हुनेछ । हाल बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गर्दै अग्रिम दावी भुक्तानी दिएको कम्पनीहरुको भनाइ छ ।

सञ्चालनमा रहेको १४ ठूला र चार वटा साना लघु निर्जीवन बीमा कम्पनीमै दावी परेको छ । जीवन बीमा कम्पनीमा परेको दावीको विवरण आइसकेको छैन । बाढी पहिरोमा परेर साढे दुई सय भन्दा बढीको निधन भएको छ ।

Prev Post

नियमन आयोग लत्याएर प्राधिकरणको बिल छानविन गर्न ऊर्जा मन्त्रीको छुट्टै…

Next Post

असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स

post-bars

Leave a Comment