Back To Top

September 13, 2024

सर्वपक्षीय सहकार्यबाट समृद्धिः प्रधानमन्त्री ओली

Global Ime Bank

काठमाडौ,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पूर्वाधार विकाशलाई तिव्रता दिन सरकार, निजी क्षेत्र र अन्तरराष्टिय समुदायको सहकार्य आवश्यक रहेको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा जारी दुई दिने पूर्वाधार सममेलनलाई सम्बोधन गर्दै ओलीले विगतमा पूर्वाधार विकासमा सहि नीति अख्तियार हुन नसक्दा अहिले त्यसका असरहरु भोग्नु परिरहेको बताए ।

पूर्वाधार विकास नेपालको मुख्य प्राथमिकताको विषय रहेको र यसैबाट समृद्धिको सपना पुरा गर्ने उनको भनाई छ । उनले भने “सडक, पुल, यातायातजस्ता क्षेत्रहरु विगत लामो समय प्राथमिकतामा नपर्दा अहिले समस्यामा परेको छ, तर बर्तमान सरकार पूर्वाधार विकासलाई आर्थिक समृद्धिको लाईफ लाईन हो भन्ने बुझेर लागी परेको छ ।”
उनले यातायात प्रणालीको सुधार, विकासका लगात न्युनीकरण, भरपर्दो बिद्युत उपलब्धता जस्ता कुराबाट सरकारले समृद्धिको सपना पुरा गर्न चाहेको धारणा राखे ।

नेपालका लागि आवश्यक पूर्वाधारमा लगानीका लागि राज्य सँग पर्याप्त स्रोत नरहेको उल्लेख गर्दै  निजी क्षेत्रसँग सहकार्य गरेर राम्रा सडक प्रशारणलाईन र सहरी तथा यातायात पूर्वाधार निर्माण गर्न चाहेको बताए । तीन तहका सरकारको सहकार्यले पनि समृद्धिको यात्रालाई बलियो बनाउँदै लगेको उनको भनाइ थियो ।

उदघाटन सत्रलाई सम्बोधन गर्दै भौतिक र्पूाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशको सडक, विद्युत तथा सूचना प्रविधि तथा डिजिटल पूर्वाधारलाई क्षेत्रीय स्तरमा आवद्ध गराउँदै लैजाने सरकारको नीति रहेको उल्लेख गरे । चीन र भारत जोड्ने लिक रोड एसियन हाइवे, मध्यपहाडी लोकमार्ग लगायतका पूर्वाधारले चीन भारत मात्र होइन युरोपसंग जोड्न सक्ने उनले धारणा राखे । निजी गढ विमानस्थल निर्माण मुख्य प्राथमिकतामा रहेको उनले बताए ।

कार्यक्रममा एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष तथा ग्लोबल ग्रिन ग्रोथका प्रमुख सल्लाहकार विन्दु लोहनीले दक्षिण एसियाली पूर्वाधार विकासमा चुनौती र अवसर दुवै रहेको भन्दै अवसरलाई उपयुक्त स्रोत परिचालनमार्पmत उपलब्धीमा रुपान्तरण गर्नुपर्ने सुझाव दिए ।

वान की मुन फाउन्डेसन कोरियाका बोर्ड सदस्य रेइकोन चुङले नेपालको पूर्वाधार विकासमा पुँजी र प्रविधिभन्दा पनि राज्यले अख्तियार गर्ने नीति महत्वपूर्ण हुने स्पस्ट पार्नु भयो । उनले भने, “पुँजी र प्रविधिको अभावले पूर्वाधार विकासमा समस्या हुने होइन तपाईले सहि नीति अख्तियार गर्नुभय भने पूजी र प्रविधि पर्याप्त आउँछ ढुक्क हुनुस, नेपालले पनि विकासमा छलाङ मार्न सक्छ ।”

उद्घाटन सत्रलाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको पूर्वाधार क्षेत्रको रुपान्तरणबाट आर्थिक तथा मानवीय विकासको उपलब्धी प्राप्त गर्न सकिने भन्दै निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्दै पुँजी आकृषित गनुपर्ने बताए ।

Prev Post

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स

Next Post

लगानी बोर्डको प्रमुख कार्यकारीमा सुशील ज्ञवाली

post-bars

Leave a Comment