राष्ट्र बैंक भन्छ मूल्यवृद्धि २.७७ प्रतिशतमात्र

काठमाडौं ।
चालु आर्थिक वर्षको १० महिनासम्ममा देशमा मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १० महिनासम्म मूल्य वृद्धि २.७७ प्रतिशत रहेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धि ४.४० प्रतिशत रहेको थियो ।
यस अवधिमा सबैभन्दा धेरै मूल्य वृद्धि कोशी प्रदेशमा रहेको छ । कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत रहेको छ । यसैगरी, मधेस प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको छ ।
