Back To Top

November 15, 2024

नेपाल बंगलादेश विद्युत् व्यापारमा भारतले दियो प्रचण्डलाई जस

Global Ime Bank AD

काठमाडौंः
भारत सरकारले नेपालको बिजुली भारतीय प्रशारणसञ्जाल हुँदै बंगलादेशसम्म निर्यात भएकोमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जश दिएको छ । नेपाल भारत बंगलादेशका ऊर्जा मन्त्री संयुक्त रुपमा ग्रिडमा विद्युत् प्रवाहको सुभारम्भ लगत्तै भारतको विदेशमन्त्रालयले जारी गरको पे्रस नोटमा प्रचण्डको भूमिकालाई स्मरण गरिएको छ ।

शुक्रबार ४० मेगावाट विद्युत् भारतीय प्रशारण सञ्जाल हुँदै नेपालको बिजुली इतिहासमै पहिलो पटक बंगलादेश पुराइएको हो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको लाई यो विषयमा कुनै महत्व नदिइनुले ओली माथि भारतले कुटनीतिक वेवास्ता सृजना गर्न चाहेको देखिएको छ ।

स्मरणीय के छ भने ओली नेतृत्वमा सरकार गठन भएको चार महिना पुरा हुँदा पनि भारतले प्रधानमन्त्री ओलीलाई निम्तो नदिएपछि ओली चीन यात्राको तयारीमा छन् ।

नेपालको बिजुली औपचारिक रुपमा बंगलादेश निर्यात भएपछि आज भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले ३१ मे देखि ३ जून, २०२३ मा गरेको भारत भ्रमणका क्रममा भारत सरकारले बंगलादेशमा बिजुली निर्यातसम्बन्धी निर्णय गरेको स्मरण गराएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत यात्राका क्रमम नेपालबाट बंंगलादेशसम्मको पहिलो त्रिपक्षीय विद्युत् व्यापारलाई भारतीय ग्रीडमार्फत ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न सहज बनाउने निर्णय गरेको थियो,’ विज्ञप्तिमा छ ।

प्रचण्डको उक्त भ्रमणका क्रममा दुबै पक्षले परस्पर अर्थतन्त्रको हित तथा उपक्षेत्रीय सम्बन्ध विस्तर लगायतका क्षेत्रमा सहकार्य विस्तारमा प्रतिवद्धता जनाएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ त्यसपछि, एनटीपीसी विद्युत व्यापार निगम, नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर विकास बोर्ड बीच त्रिपक्षीय विद्युत बिक्री सम्झौता ३ अक्टोबर २०२४ मा काठमाडौंमा हस्ताक्षर गरियो ।’

भारत सरकारले नेपालबाट भारत हुँदै बंगलादेशसम्मको यो विद्युत् प्रवाह सुरु भएसँगै विद्युत् क्षेत्रमा उपक्षेत्रीय सम्पर्कसञ्जाल(सब रिजनल कनेक्टिभिटी) बढाउने अपेक्षा गरिएको विज्ञप्तीमा उल्लेख छ ।

Global Ime Bank
Prev Post

डलरमा भाउ लगाउँदै बँगलादेश गयो नेपालको बिजुली

Next Post

नेपाल टेलिकम र राजबहादुर शाही बने उत्कृष्ट करदाता

post-bars

Leave a Comment