Back To Top

August 22, 2025

नेपालले विद्युत् निर्यात क्षमता ११३० मेगावाट

Global Ime Bank AD

काठमाडौं ।

भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदकालागि सहमति प्रदान गरेको छ ।

बिहीबार (भदौ ५) भारतले मेवाखोला जलविद्युत् आयोजनाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट बिजुली भारतमा विक्रीका लागि अन्तिम स्वीकृति दिएकोे नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ ।

यो अनुमति मध्यकालीन विद्युत् सम्झौताका आधारमा हुन लागेकाले यसको अनुमति आगामी पाँच वर्ष सम्मका लागि हुनेछ । दुई देशीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हुनेछ,,” प्राधिकरणले भनेको छ ।

भारतले यसअघि नै एक हजार १०.९ मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरिसकेको छ । थपिएको ८० मेगावाट सहित अव सहित भारतमा कुल बिजुली निर्यात क्षमता एक हजार ९०.९ मेगावाट पुगेको छ । यसबाहेक नेपालले बँगलादेशमा पनि ४० मेगावाट विद्युत् नियमित निर्यात गर्दै आएको छ ।

यी सबै गरेर कुल निर्यात स्वीकृत ११ सय ३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । गत साउन २६ गते भारतले २०० मेगावाट थप विद्युत् निर्यातको अनुमति दिएको थियो ।
सरकारको उर्जा मार्गचित्र अनुसार आगामी दशबर्षमा १० हजार मेगावाटसम्म भारतमा विद्युत् निर्यात गर्ने लक्ष्य छ ।

Global Ime Bank
Prev Post

ऊर्जामन्त्रीद्वारा ढल्केवर सबस्टेशनको निरीक्षण

Next Post

अमेरिकाको टेकवेले किन्यो नेपालको स्टार्टअप ‘एडेक्स’

post-bars

Leave a Comment