Back To Top

April 22, 2025

कर्णालीका दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा

Global Ime Bank AD

जाजरकोट

वन विनाशका कारण कर्णालीका लेकाली भेगमा पाइने दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । अवैध चोरीसिकारी, वन विनाश र खोलामा बढ्दो प्रदूषणले जाजरकोटका बारेकोट, कुसे, जुनीचाँदे गाउँपालिकाका लेकाली भेगका जङ्गलमा पाइने वन्यजन्तु लोप हुने अवस्थामा पुगेका हुन् । मुगु हुम्ला डोल्पा जिल्लामा पनि यस्तै समस्या रहेको स्थानीय संरक्षणकर्मीले बताएका छन् ।

बिचौलियाको कारण स्थानीयले जथाभाबी जङ्गल विनाश गर्ने, खोलामा प्लास्टिक, सिसाका बोतल जथाभाबी फाल्ने, पासो जाल थाप्ने कार्य बढ्दै गएपछि पानी पिउन खोलामा आएका वन्यजन्तु पासोमा परेर मर्ने गरेका छन् । बारेकोट, कुसे, जुनीचाँदे गाउँपालिका तथा नलगाड नगरपालिकाका विभिन्न लेकली भेगमा पाइने घोरल, रतुवा, मयूर, कालिज, दुर्लभ वन्यजन्तु रेड पान्डालगायतका जङ्गली जनावरको चोरीसिकारी बढ्दै गएको छ ।

दुर्लभ वन्यजन्तु तथा पर्यटकको आकर्षणका रूपमा भएका वन्यजन्तु सरोकारवाला निकायको मौनता, स्थानीयवासीको जथाभाबी जङ्गल फँडानी र खोलामा फोहोर फाल्दा मानव स्वास्थ्यसहित दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

बारेकोट गाउँपालिका–५ का पन्छी संरक्षकका अनुसार सरोकारवाला निकायले कागजी रूपमा दस्ताबेज तयार गरी दुर्लभ वन्यजन्तु तथा पन्छी संरक्षणमा प्रगति देखाउँदै आएका छन ।

Global Ime Bank
Prev Post

नागरिक लगानी कोषले बाढ्यो एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल

Next Post

नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त

post-bars

Leave a Comment