Back To Top

July 10, 2025

२३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध

Global Ime Bank AD
Insourance

काठमाडाैँ।  ल्हेन्देखोला– भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सबैभन्दा ठुलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको जनाइएको छ । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छमध्ये तीन वटा गेट बाढीले बगाएको छ । यसबाहेक बाँध क्षेत्र बाढीले ल्याएको लेदो, ढुङ्गाले भरिएको छ । आयोजनामा के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त गर्न नसकिएको प्राधिकरण प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिगत विद्युत्गृहमा पनि पानी पसेको आशङ्का छ । त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को एउटा गेट पनि बाढीले बगाएको छ । यसको पनि उत्पादन बन्द  छ ।

नुवाकोटको पहरेबेँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पनि बाढीको कटानका कारण ठुलो क्षति भएको छ । सबस्टेसनको एउटा टावर बगेको छ भने १३२ केभी संरचना क्षेत्रमा बाढी पसेका कारण ठुलो कटान भइरहेको छ । १३२ केभी प्रसारण लाइन बन्द हुँदा १४ मेगावाटको मैलुङ खोला र पाँच मेगावाटको बुद्धभूमि हाइड्रोको विद्युत् उत्पादन पनि बन्द गरिएको छ । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिर्दा त्यहाँको पनि विद्युत् उत्पादन बन्द हुन पुगेको छ । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पनि लेदो तथा गेग्रान थुप्रिएकाले उत्पादन अवरुद्ध भएको छ । यी आयोजना एक सातामा सञ्चालनमा आउन सक्ने प्रवक्ता ढकालले जानकारी दिए  । रसुवागढी जलविद्युत् आयोजनाको पुनस्र्थापना मङ्सिरपछि केही वैकल्पिक उपाय गरेर आयोजना सञ्चालन गर्ने प्रयास हुने  प्राधिकरणले जनाएको छ । यो आयोजनाबाट छ महिना पहिले मात्रै विद्युत् उत्पादन थालिएको थियो ।

United long banner ad
Prev Post

परिसंघद्धारा उद्यामी तथा कर्मचारी पुरस्कृत

Next Post

सिएनआईको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

post-bars

Leave a Comment