Back To Top

February 8, 2026

आईसीसी टी–२० विश्वकप इंग्ल्यान्डसँग खेल्दै नेपाल

Global Ime Bank AD
Insourance

काठमाडौं ।

आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ ।

आइतबार नेपाली समय अनुसार सवा ३ बजे खेल सुरु हुनेछ । शनिबारदेखि सुरु प्रतियोगिताको पहिलो दिन तीन खेल भएका छन् । नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिए पनि विजयी हुन भने सकेनन् ।

नेपाल पनि बलियो टोली इंग्ल्यान्डसँग सरप्राइज जितको खोजीमा छ। तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्य लिएको छ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ नेपाल र इंग्ल्यान्ड टी–२०आईमा पहिलो पटक भिड्न लागेका हुन् ।

United long banner ad
Prev Post

२० वाणिज्य बैंकको ८२ खर्बको सम्पत्ति

Next Post

पर्यटन बोर्डले कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी गर्ने

post-bars

Leave a Comment