Back To Top

June 25, 2025

जलविद्युतको रोयल्टीले जनताको स्वास्थ्य बीमा

Global Ime Bank AD

लमजुङ ।
जलविद्युत् आयोजनाका लागि स्वर्णभूमि मानिने लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत् रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको छ ।

यसका लागि ‘जलविद्युतको आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नारा सहित कार्यक्रम ल्याएको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२÷८३ मा यस्तो व्यवस्था ल्याइएको बताएका हुन् ।
गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्न गाउँपालिकामा स्थायी बसोबास गरेका नागरिक घरपरिवारको बिमा गरिदिने अध्यक्ष अधिकारीले बताए ।
दोर्दी गाउँपालिकामा हाल पाँच वटा आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

गाउँपालिकामा रहेका चार हजार २२५ घरपरिवार रहेको र सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न एक करोड ५) हजार रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेले बताउनुभयो । १७ औँ गाउँ अधिवेशन सभामा प्रस्तुत बजेटमा निःशुल्क स्वास्थ्य बिमा गर्दा परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा थप रकम उपलब्ध गराएर बिमा गराइदिने व्यवस्था गरिएको छ ।

Global Ime Bank
Prev Post

५६ जिल्ला बाढीको सतर्कता सूचीमा

Next Post

यस्तो छ गभर्नरको सम्पत्ती, शेयरमात्रै १४ करोडको

post-bars

Leave a Comment