Back To Top

July 23, 2025

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण

Global Ime Bank AD

गोरखापत्र समाचारदाता
काठमाडौं साउन ७ गते ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन् ।
काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न वाणिज्यदुतहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखिन । “वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने छ,” उनले भनिन्, “व्यापार प्रवद्र्धन, वैदेशिक लगानी आर्कषण, बजारसम्मको पहुँचको सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रवद्र्धन तथा परस्पर लाभ र चासोका विषयहरुमा यहाँहरुको योगदान अनिवार्य र महत्वपूर्ण छ ।”
कार्यक्रममा एचसीसीएनका डीन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू औपचारिक प्रतिनिधि मात्र नभई नेपालको आर्थिक कूटनीतिका सक्रिय साझेदार भएको बताए ।
“हामी सेरेमोनिएलबाट माथि उठेर सक्षम, सक्रिय र समर्पित ढंगले नेपालको कूटनीति र विकासमा योगदान दिइरहेका छौँ।” उनले भने ।
ढकालले वर्तमान विश्व पारस्परिक रूपमा जोडिएको परिस्थितिमा आर्थिक कूटनीतिको महत्व झन तीव्र गतिमा बढिरहेको धारणा राखे । आइएमई का ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले नेपाल अल्प विकसित राष्ट्रको श्रेणीबाट स्तरोन्नति हुने तयारीमा रहेकाले अवैतनिक वाणिज्यदूतहरूले आर्थिक रूपान्तरणमा स्वयम्सेवकको रूपमा काम गर्न आग्रह गरे ।
ढकालले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा महासंघ र एचसीसीएनले पहिलोपटक नेपालमा आर्थिक सम्मेलन आयोजना गर्नको लागि तयारी गरिरहेको जानकारी दिए ।
सो अवसरमा संयुक्त राष्ट्र संघका पूर्व उप महासचिव ज्ञानचन्द्र आचार्यले कूटनीति र अन्र्तराष्टिय समुदायमाझ नेपालको अलौकिक उपस्थिति र बदलिँदो विकासलाई समन्वय गरेर अघि बढ्न अवैतनिक वाणिज्यदूतहरुको भूमिका प्रष्ट पारे ।
कार्यक्रममा ढकालले आजैका दिनदेखि एचसीसीएनको डीन पद नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापालाई हस्तान्तरण पनि गरे ।

Global Ime Bank
Prev Post

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बेच्दै

Next Post

लोन पोर्टफोलियो रिभ्युको जिम्मा बंगलादेशी कम्पनीलाई

post-bars

Leave a Comment