Back To Top

May 1, 2025

स्वास्थविमा लिन अब बसेकै स्थानबाट रेफर पाइने

Global Ime Bank AD


काठमाडौंः

अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

यो समस्याले खास गरी गुणस्तरीय स्वास्थोपचारका लागि राजधानी लगायत शहरी क्षेत्रमा आउने विरामी लाई समस्या पर्ने गरेको थियो । विरामीलाई रेफरलेटरको झमेलाका कारण चिकित्सकले फलोअपमा बोलाउँदा विमा सुविधा प्राप्त गर्न बाट विमित वञ्चित रहँदै आएका छन् ।

मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए ।
यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झण्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।

नयाँ विमितलाई १ महिनादेखि सेवा

यसैगरी, मन्त्रिपरिषदबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताए ।
‘स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संसोधन आवश्यक थियो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई बढी व्यवहारिक र सहज बनाउन यसले भूमिका खेल्नेछ ।’

यसैगरी, संसोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम हुनेछ । हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन् । अब संसोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ । यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

click for more news on health insurance

 

 

Global Ime Bank
Prev Post

महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य

Next Post

एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह

post-bars

Leave a Comment