Back To Top

May 25, 2025

गुणाकरलाई केार टिममा ल्याए विश्वनाथले

Global Ime Bank AD
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो नियुक्ति भएको चार दिनमै बैंकका मुख्य विभागहरूमा हेरफेर गर्दै डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयको महत्त्वपूर्ण जिम्मेवारीमा फर्काएका छन्।
Insourance

गभर्नर बन्नका लागि गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्टको राजीनामा तत्कालीन कामु गभर्नर डेपुटी गभर्नर नीलम ढुंगानाले स्वीकृत नगरी विचाराधीन अवस्थामा राखेकी थिइन्।

गभर्नर पौडेलले सुरुदेखि नै डा. भट्टलाई काममा फर्काउने पक्षमा रहेको बताउँदै आएका थिए।

लामो समय आर्थिक अनुसन्धान महाशाखाका प्रमुख रहेका डा. भट्टको राजीनामा अस्वीकृत गर्दै गभर्नर पौडेलले उनलाई आफूसँगै गभर्नरको कार्यालयमा राख्ने निर्णय गरेका हुन्।

गभर्नर कार्यालयमा रहने कार्यकारी निर्देशकलाई गभर्नरको मुख्य सल्लाहकार मानिन्छ, जसले गभर्नरलाई राष्ट्र बैंकका नीतिगत निर्णयहरू लिन सहयोग गर्छन्।

यससँगै गभर्नरले डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाएका छन् भने उनी कार्यरत मानव संसाधन विभागमा बैंकिङ कार्यालयका विश्रुत थापालाई लगिएको छ ।

United long banner ad
Prev Post

लोन पोर्टफोलियो रिभ्युगर्न बंगलादेशको कम्पनी

Next Post

शेयरकर्जाको जोखीम भार घट्दा बैंकलाई केहि सहज

post-bars

Leave a Comment