Back To Top

October 16, 2025

ढाइ लाख नाघ्यो सुनको भाउ

Global Ime Bank AD

काठमाडौं ।

नेपाली बजारमा बिहीबार (असोज ३०) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार (असोज २८) छापावाल सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

Global Ime Bank
Prev Post

सिँचाइतर्फका ठेक्का तोड्न सुरु

Next Post

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेट

post-bars

Leave a Comment