साह्रै महँगियो सुन
काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ ।
आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भदौं २१ गते सुन अहिलेसम्मकै महँगोमा कारोबार भएको थियो । उक्त दिन सुन तोलामा एक लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।
यसअघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।