Back To Top

November 11, 2025

करिब ५ हजारले बढ्यो सुनको भाउ

Global Ime Bank AD
Insourance

काठमाडौं: मंगलबार नेपाली बजारमा सुनको मूल्य करिब ५ हजार रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ४ हजार ९ सय रुपैयाँले वृद्धि भई आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा सुनको दर उच्च भएको प्रभावसँग जोडिएको हो । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्यमा तेजी आएको अर्थ विज्ञहरुले बताएका छन् ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले वृद्धि भई आज ३ हजार १७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढ्दा व्यवसायी र उपभोक्ताबीच कारोबारी गतिविधि प्रभावित हुने र सुनको मागमा समेत वृद्धि हुने सम्भावना छ । बजार विश्लेषकहरूले सुनको मूल्य उच्च रहनुमा अन्तर्राष्ट्रिय मुद्रास्फीति, अमेरिकी डलरको मूल्य, आर्थिक अनिश्चितता र सुनमाथिको लगानीको आकर्षण मुख्य कारक भएको उल्लेख गरेका छन् ।

United long banner ad
Prev Post

सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने सूचना

Next Post

साहस ऊर्जाले २२ प्रतिशत लाभांश दिने

post-bars

Leave a Comment