Back To Top

October 5, 2025

साढे सात हजारले बढ्यो सुनको भाउ

Global Ime Bank AD
Insourance

काठमाडौं ।

स्थानीय बजारमा आइतबार सुनको मूल्य ७ हजार ४ सय रूपैयाँले बढेको छ। दसैंअघिको तुलनामा सुन प्रतितोला ७ हजार ४ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले दसैंअघि २ लाख २३ हजार २ सय रूपैयाँ मूल्य तोकेको थियो। आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रूपैयाँ पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला १ सय २० रूपैयाँले बढेको छ। यसअघि २८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

 

United long banner ad
Prev Post

भारी वर्षा, काठमाडौंमा टर्यो कोशीतिर सर्यो

Next Post

सप्तकोशीमा पानीको बहाव हालसम्मकै उच्च

post-bars

Leave a Comment