Back To Top

September 6, 2024

ग्लोबल आइएमईमा खाता खोल्दा पाँच थप सुविधा

Global Ime Bank AD
Insourance

काठमाडौ।

ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ खाता खोल्दा विभिन्न सुविधासहितको विशेष योजना सार्वजनिक गरेको छ । बैङ्कले नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँच वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हो ।

योजना अन्तर्गत बैङ्कमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधा सँगसँगै डिम्याट खाता, मेरो सेयर, सी आस्बा तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिदबिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनका लागि मेरो सेयर, आइपिओ भर्न चाहिने सी आस्बा रजिस्ट्रेसन नम्बर र जेबिएनएल सेक्युरिटिजमा सेयर बजारमा सेयर खरिदबिक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने भएका छन् ।

यो सुविधा बैङ्कले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिने बैङ्कले जनाएको छ ।

United long banner ad
Prev Post

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

Next Post

शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक

post-bars

Leave a Comment