Back To Top

April 20, 2025

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ५३ करोड

Global Ime Bank AD

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफा साढे ४ अर्ब भन्दा बढी पुगेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण नाफा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ ।

Global Ime Bank
Prev Post

एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले वृद्धि

Next Post

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

post-bars

Leave a Comment